एमसीसी नेपालले नै प्रस्ताव गरेको परियोजना हो, यसबारे हामी सकारात्मक हुनुपर्छ : गृहमन्त्री खाण

 पुष १०, २०७८ शनिबार १६:१:२१ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गृहमन्त्री बालकृष्ण खाणले एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारे सबै नेपालीले सकारात्मक हुनुपर्ने बताउनुभएकाे छ । 

गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीका बारेमा सत्तागठबन्धनका दलहरुबीच साझा धारणा बनाउन पहल भैरहेको जानकारी दिनुभयो । संसदबाट उक्त प्रस्ताव पास गर्नुपर्नेमा पनि उहाँको जोड छ ।उहाँले एमसीसी प्रस्ताव संसदमा पेस गर्नका लागि साइत हेरिरहनु नपर्ने पनि बताउनुभयाे ।

‘एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो, यसमा हामी सबै नेपाली सकारात्मक रहनुपर्दछ, यो कुनै सैन्य गठबन्धन होइन’, गृहमन्त्री खाणले भन्नुभयो, ‘नेपालमा खास गरेर विद्युत् प्रशारण लाइन, सडक निर्माण, गरीबी निवारण र रोजगारी वृद्धिका लागि नेपाल सरकारले नै यो परियोजना प्रस्ताव गरेको हो । यो सम्झौतालाई सदनबाट पास गर्ने प्रावधान नेपालले राख्यो । त्यही अन्तर्गतनै यो संसदबाट पास हुनुपर्दछ र टुंगो लाग्नु पर्छ ।’

यस्तै फरक प्रसंगमा मन्त्री खाणले निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा स्थानीय तहको चुनाव गराउनेबारे सरकारले छलफल थालेको पनि बताउनुभयो । सबै तहको निर्वाचन एकै चरणमा पर्ने गरि आयोगले प्रस्ताव गरेमा सुरक्षा लगायतका व्यवस्थापनका काममा सरकार सक्षम रहेको उहाँको भनाइ छ ।

गृहमन्त्री खाण गोरखा उद्योग वाणिज्य संघको ४६ औं वार्षिक साधारणसभा र १६ औं अधिवेशनको उद्घाटन गर्न गोरखा आउनुभएको हो । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया