खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – सीमा क्षेत्रमा भइरहेको तनावका बीच पनि यो वर्षको ११ महिनामा भारत र चीनको व्यापार इतिहासमै सबैभन्दा धेरै भएको छ । वर्षभरि नै भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहे पनि दुई देशबीच अहिलेसम्मकै धेरै व्यापार र व्यापार घाटा भएको भारतीय सञ्चारमाध्यम भास्कर डटकमले जनाएको छ ।
जनवरीदेखि नोभेम्बरसम्म भारत र चीनबीच आठ लाख ५७ हजार करोड भारतीय रुपैयाँको व्यापार भएको छ र यो अघिल्लो वर्षको ११ महिनाको तुलनामा ४६ दशमलव चार प्रतिशतले धेरै हो । यसमा भारतले आयात गर्ने हिस्सा निकै धेरै छ । भारतले ११ महिनामा ६ लाख ५९ हजार कराेड भारुको सामान चीनबाट आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले धेरै हो ।
चीनले भने भारतबाट जम्मा एक लाख ९८ हजार करोड भारुको सामान किनेको छ । भारत र चीनबीच अहिलेसम्मकै धेरै चार लाख ६१ हजार करोड भारुको व्यापार घाटा भएको खबरमा उल्लेख छ । सीमा क्षेत्रमा भारत र चीनबीच यो वर्ष निकै तनाव भएको र दुवै देशले ५० हजार जना भन्दा धेरैका दरले सैनिक परिचालन गर्दा पनि यति धेरै व्यापार हुनुलाई महत्वका साथ हेरिएको खबरमा उल्लेख छ ।
चीन सरकारले सार्वजनिक गरेको सन् २०२१ को वैदेशिक व्यापारको आँकडामा भारतसँगको व्यापार निकै फाइदाजनक रहेको उल्लेख छ । व्यापार बढाउनको लागि भारत र चीन हाइ लेभल इकोनमिक एण्ड ट्रेड लायलग एचईटीडी बनाउन राजी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।