साउदी अरेबियाले २०३४ को विश्वकप फुटबलको तयारी थाल्यो
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुखसहित ९ जना पक्राउ परेका छन् । अघिल्लाे बुधबार कारागारका नाइके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियारसँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समी चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।
जेलरसहित पक्राउ परेका प्रहरीहरु निलम्बनमा परेका छन् । उनिहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप समेत गरेर हिरासतमा राखिएको छ । छालाको उपचारका लागि भन्दै कारागारबाट निस्किएका प्रहरी जवान धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगइ होटलमा पुगेका थिए । थकाली होटलमा दुई जना महिलासहित पुगेका उनीहरुमध्ये परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुनेर भागेका हुन् ।
उनको अहिलेसम्म कुनै अत्तोपत्तो छैन् । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चरम लापर्वाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्न देखिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुुभयो । यसअघि पक्राउ परेका कारागारका कार्यालय सहयोगी अर्जुन चौधरीलाई भने सम्पर्कमा आउने सर्तमा रिहा गरिएको छ । जेलर युवराज परियार पुस ६ गतेदेखि १३ गते सम्म बिदा बसेको समयमा पनि ८ गते कार्यालय आएर कैदी परियारलाई अस्पताल जान अनुमति दिएको खुलेको छ । जसका कारण प्रहरीले मिलेमतो मै कैदी भगाएको निष्कर्ष सहित अनुसन्धानलाई अघि बढाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।