च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ।
बाइडेनले आफ्ना रुसी समकक्षीलाई कुटनीतिक मार्ग प्रस्ताव गर्ने तर सीमामा रुसी सेनाको उपस्थितिबाट गम्भीर चिन्तित रहेको सन्देश दिइसकेको अमेरिकी अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।
यसअघि नै अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा थप आक्रमण गरेमा अमेरिका प्रतिक्रिया दिन तयार रहेको प्रतिक्रिया पनि दिइसक्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले हिजो बुधवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुरा गर्दै युक्रेनको सिमानामा रुसले सैन्य तैनाथी गर्दा युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि अमेरिकाको अटल समर्थन दोहोर्याउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।