विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारकाे टुङ्गो लगाएको छ ।
हिजो बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुङ्गो लगाउन जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।
सत्ता गठबन्धन दलसँग भएको सहमतिअनुसार माओवादी केन्द्रले पाँच जना उम्मेदवार छनाेट गरेको छ।
माओवादी केन्द्रले प्रदेश-२ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गता भएकातर्फ सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।
निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।
राष्ट्रिय सभा सदस्य चुनाव आउँदो माघ १२ मा हुनेछ । चुनावका लागि आयोगले यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।