नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो साेमवार १९ अङ्कले बढेकाे नेप्से आज ४९ दशमलव १९ अङ्कले बढेर दुई हजार आठ सय ३४ दशमलव १३ विन्दुमा पुगेको छ ।
आज उत्पादनबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको शेयर ६ दशमलव १५ प्रतिशतले बढेको छ ।
आज दुई सय ३२ वटा कम्पनीको एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पाेरेट विकास बैंक र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि माउन्टेन इनर्जीको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।