शेयर बजार साढे ३० अङ्कले घट्यो, ८ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

 पुष २८, २०७८ बुधबार १५:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यो हप्ता लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ । 

आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ । 

आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर आठ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि कर्पाेरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया