आईएमईले कोरियामा इन्जिनियरिङमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने

 पुष २९, २०७८ बिहीबार ११:५३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा कोरियामा रहेका जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नातकाेत्तर अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएकाे छ । 

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ छात्रवृत्तिको आह्वान गरिएको आईएमई फाउन्डेसनले जनाएको छ । 

फाउन्डेसनले पुस २८ गतेदेखि एक १० महिनाभित्र इच्छुक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत विवरणसहित दरखास्त आह्वान गर्न आग्रह गरेकाे छ । याे छात्रवृत्ति दुई जनालाई प्रदान गरिने आईएमईले जनाएकाे छ । छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले रकम प्रदान गरिनेछ ।

छात्रवृत्ति आह्वानका लागि इमेलमार्फत आफ्नाे बायाेडाटा पठाउने सकिने छ । 

सफ्टवेयर इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उत्तीर्ण जाेसुकैले पनि छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनमा रहँदा जीएमई कोरियामा सशूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आबद्ध हुन पाइने छ । 

कोरियामा स्नातकाेत्तर अध्ययन गर्ने छात्र/छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसरसमेत प्राप्त हुन सक्ने आईएमईले जनाएकाे छ । 

रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिने फाउन्डेसनले जनाएकाे छ । छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्ने छ । पढाइमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने बताइएको छ ।

छात्रवृत्तिसँग सम्बन्धित सङ्घ/संस्थाहरूबाट कम्तीमा एक/एक जनाको प्रतिनिधित्व हुने गरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिने र यस सम्बन्धी अन्तिम निर्णय त्यही समितिले गर्ने फाउण्डेशनले जनाएकाे छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया