प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफले जित्यो

 माघ ५, २०७८ बुधबार १३:५९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो । जितका लागि एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सक्यो । पुलिसका दिपेन्द्र सिंह ऐरीले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।

एपीएफका किशोर महतोले ३ तथा अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक/एक विकेट लिए । एपीएफका अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । यस्तै लोकेश बमले २७ रन र सन्दीप जोराले २४ रन जोडे । कप्तान शरद भेषवाकर १९ रनमा आउट भए ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए । गुलशन झाले दुई, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख रुपैयाँ प्राप्त गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया