पालिकामा जनप्रतिनिधिकाे रिक्तता बारे संविधानले कल्पना नै गरेको छैन : गगन थापा

 माघ ६, २०७८ बिहीबार १५:६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पालिकामा जनप्रतिनिधि विहीनताको अवस्था संविधानले कल्पना नगरेको बताउनुभएको छ ।

पालिकाको चुनावको मिति तेक्न निर्वाचन आयोगले दवाब दिइरहँदा पनि सरकारले कुनै निर्णय नगरेको बेला सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री थापाले पालिकामा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताउनुभएको हो ।

सत्ता गठबन्धनभित्र बाटै प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मात्रै पालिकाको चुनाव गर्ने प्रस्ताव समेत आएपछि महामन्त्री थापाले ट्वीट गर्दै चुनावबारे कुनै पनि निर्णय गर्दा पालिका रिक्त हुन पुगेमा त्यो असंवैधानिक हुने बताउनुभएको छ । थापाले कांग्रेसले असंवैधानिक कदम नचाल्ने पनि दाबी पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया