खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने चिन्ताका बीच अमेरिकाले झण्डै साढे आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको छ ।
रुसका सेनाले युक्रेनलाई घेरामा राखेको र जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले साढे आठ हजार अमेरिकी सेनालाई छाेटो सूचनामा जहाँ पनि जान सक्ने गरी उच्च सतर्क अवस्थामा राखेका अमेरिकाको राष्ट्रपति भवन पेन्टागनका प्रवक्ता जोन कर्बीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
रुसले भने युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै तयारी नभएको बताउँदै आएको छ । युक्रेनको समस्यालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले हिजो आफ्ना युरोपेली साझेदारसँग भिडियो कलमार्फत कुराकानी पनि गर्नुभएको छ ।
अमेरिकाले सैनिकहरू तयारी अवस्थामा रहेका भए पनि उनीहरूको तैनाथीबारे अहिलेसम्म निर्णय भइनसकेको जनाएको छ। नेटोका सदस्य देशहरू डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सले पूर्वी युरोपमा सुरक्षा बढाउनका लागि युद्धपोत र लडाकु जहाज पठाउनेबारे विचार गरिरहेको यसअघि नै बताइसकेका छन् ।
नेटोका महासचिव जनरल येन्स स्टोल्टेन्सबर्गले युक्रेनमा हमला गरे रुसले त्यसको महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ । अमेरिकी विदेश मन्त्रालयले हिजो युक्रेनमा रहेका आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।