रुस–युक्रेन विवाद : युक्रेनमा हमला भए पुटिनमाथि नै प्रतिबन्ध लगाउन सक्ने अमेरिकाको चेतावनी

 माघ १२, २०७८ बुधबार ९:२५:५६ | एजेन्सी
unn.prixa.net

रुसले छिमेकी देश युक्रेनमा थप आक्रामक कदम चाले त्यसले विश्वमा असाधारण परिणाम निम्त्याउन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

युक्रेनसँग जोडिएको आफ्नो सीमा क्षेत्रमा रुसले हातहतियारसहित सैनिक तैनाथ गरेको छ । सीमामा झण्डै एक लाख सेना तैनाथ रहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा अमेरिकी सेना पठाउने कुनै योजना नभएको तर रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउनेबारे आफूले विचार गर्ने चेतावनी दिनुभएको छ ।

यसअघि पश्चिमा देशले युक्रेनमा हमला भए रुसले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए । उनीहरुको चेतावनी लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको भनाई बाहिर आएको हो । तर रुसले तनाव बढाउन अमेरिका र अन्य शक्तिले भूमिका खेलेको टिप्पणी गरेको छ । साथै युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको दोहाेर्‍याउँदै आएको छ ।

युरोपसँग नजिकिएको युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध हुने तयारीपछि विवाद बढेको छ । युक्रेन नाटोको सदस्य बने आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न हुने रुसको बुझाइ छ । अमेरिका, बेलायतलगायत नाटोका सदस्य देशले युक्रेनलाई हतियार उपलब्ध गराएका छन् । त्यस्तै, प्रतिरक्षाका लागि सैन्य बल पठाउने बेलायतीले जनाएको छ । अमेरिका, बेलायत र युरोपेली संघले सन् २०१४ देखि नै रुसमाथि ऊर्जा तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाउँदै आएका छन् ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया