ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।
मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले विज्ञप्ति निकालेर राष्ट्रियसभा चुनावमा मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका गाडीमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायतका गाडीमा तोडफोड गर्नुका साथै आक्रमण गरेको घटनाको छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं डाक्टरलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
लोकतान्त्रिक मूल्य र मान्यताबाट आफ्ना विचार एवं अभिमत प्रकट गर्नसमेत जनमत पार्टीलगायत सम्बद्ध सबैमा आग्रह गरिएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको चुनाव बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तालाई प्रहरीले कानुनी कारबाही अघि बढाउने भएको छ । जनमतका कार्यकर्ताहरुले किसान आन्दोलनको नाममा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो । जनमत पार्टीका कार्यकर्ताले पहिला मल अनि मत भन्दै हिजो प्रदर्शन गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।