भारतमा रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – १२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट चार जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड 'थ्री एम' मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री/वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।
बरामद मास्कसहित उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।