विभिन्न देशमा श्रमिकलाई अलपत्र पार्ने क्रम बढेपछि श्रम मन्त्रालयले गठन गर्‍यो ‘मार्सल टोली’

 माघ १४, २०७८ शुक्रबार १६:५१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भिजिट लगायत विभिन्न भिसामा नेपालीलाई विदेशी भूमिमा अलपत्र पार्ने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मार्सल टोली’ गठन गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र पारेको भन्दै उजुरीहरू आउन थालेपछि मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषी उपर कारबाही गर्न थालिएको छ ।

भिजिट भिसामा नेपालीहरूलाई यूएई लगायतको देशमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा भिजिट भिसाले निम्त्याएको समस्या बारे अध्ययन गरी ठोस् कार्य योजना बनाउन कार्यदल गठन गरेको छ ।

त्यसपछि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्य टोलीसमेत गठन गरेको छ ।

पछिल्लो समय विभिन्न प्रलोभनमा पारी  वैदेशिक रोजगारीमा लाने र अलपत्र पार्ने गरेको भन्दै इजाजत पत्र प्राप्त म्यानपावर, शैक्षिक परामर्शदाता संस्थाहरू, ट्राभल एजेन्सीहरू र विभिन्न बिचौलियाहरू विरुद्ध मन्त्रालयमा उजुरी परेका छन् । 

वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जुनसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको श्रम मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

वैदेशिक रोजगारीको क्रममा अलपत्र परेको ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठेरोमा परेमा त्यस्तो समस्यामा पार्ने व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याउन जानकारी दिन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टरमा ९७७१५९७००८ वा ११४१ नम्बरमा २४ सैं घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन सकिन्छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया