कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जाेङ लिम्बूले मरिसससँगकाे खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् ।
मरिसससँगकाे पहिलो मैत्रीपूर्ण खेलअघि आज शुक्रवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान लिम्बूले मैत्रीपूर्ण खेल भए पनि आफ्नो टोलीले जितकै लागि खेल्ने भन्दै त्यस खेलबाट केही नयाँ कुरा सिक्ने बताए । ‘हामी इतिहासमै पहिलो पटक अफ्रिकी देशसँग खेल्दैछौँ, हाम्रो लागि यो छुट्टै अनुभव हुनेछ’, उनले भने ।
नेपालले अफ्रिकी देश मरिसससँग पहिलो पटक दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले मरिसससँगकाे पहिलाे खेल भाेलि शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा खेल्नेछ ।
त्यसैगरी नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालले सबै तयारी पूरा गरिसकेको भन्दै नेपालले पहिलाको गल्तीलाई सुधारेर प्रदर्शन गर्ने बताए । मरिससका प्रशिक्षक टोनी फ्रास्वाले धेरैपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको भन्दै नेपालसँगकाे खेलमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने बताए ।
नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल भने आउँदाे मङ्गलवार हुनेछ ।
तस्बिर : एन्फा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।