खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
चीनमा सञ्चारमाध्यमको स्वतन्त्रता घट्दै गइरहेको छ । विदेशी पत्रकारहरूको समूह फरेन करोसपोन्डेन्ट क्लबको तर्फबाट निकालिएको प्रतिवदेन (रिपाेर्ट) मा यो कुरा सार्वजनिक भएको बीबीसीले जनाएको छ ।
चीनमा पत्रकारहरूले शारीरिक आक्रमण, ह्याकिङ, अनलाइन ट्रोलिङ र भिसा पाउन समस्या झेल्नुपरेको त्यहाँको फरेन करोसपोन्डेन्ट क्लब (एएफसीसी) को प्रतिवदेनमा भनिएको छ ।
चीन र हङकङमा स्थानीय पत्रकारहरूलाई पनि निसाना बनाउने गरिएको छ । चीनले भने एएफसीसीलाई ‘अवैध सङ्गठन’ को संज्ञा दिएको छ ।
विश्वभरको सञ्चारमाध्यम बेइजिङ शीतकालीन ओलम्पिकमा केन्द्रित भएका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । शिनजियाङमा मानव अधिकार उल्लङ्घनको हनन र हङकङमा गरिएको कारबाहीको कारण बेइजिङ ओलम्पिक पहिलेदेखि नै विवादमा घेरिएको छ ।
विदेशी पत्रकारहरूलाई चीनमा उत्पीडन गरिका कारण केही संवाददाताले चीन छाडेको प्रतिवेदनमा भनिएको छ । केही पत्रकार अरू नै पेसा राेज्ने योजना तयार गर्न बाध्य भएका छन् ।
चिनियाँ मूलका अस्ट्रेलियाली पत्रकार चेङ लेई र चिनियाँ पत्रकार हेज फेन जस्ता पत्रकारहरूलाई राज्य सुरक्षा मामिलामा जोडिएको आरोपमा एक वर्षभन्दा धेरै समयदेखि हिरासतमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।