कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको पाँच खेलको टी–२० शृङ्खला घरेलु टोली वेस्ट इन्डिजले जितेको छ । ब्रिजटाउनमा आज साेमवार बिहान सकिएको पाँचौँ तथा अन्तिम खेल १७ रनले जितेसँगै वेस्ट इन्डिजले तीन–दुईले शृङ्खला जितेको हो ।
वेस्ट इन्डिजले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६२ रन मात्रै बनायो । वेस्ट इन्डिजका जेसन होल्डरले १९ औँ ओभरमा नाटकीय रूपमा चार बलमा चार विकेट लिएपछि विजय नजिकै पुगेको इङ्ग्ल्यान्ड हार बेहोर्न बाध्य भयो ।
होल्डरले १९ ओभर २ बलदेखि ५ बलसम्म लगातार विकेट लिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार चार बलमा चार विकेट लिने होल्डर पहिलो खेलाडी बनेका छन् । वेस्ट इन्डिजकै अकिल होसेनले चार विकेट लिए । इङ्ग्ल्यान्डका लागि जेम्स भिन्सले ५५ र साम बिलिङ्सले ४१ रन बनाए पनि टाेलीलाई जिताउन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले कायरन पोलार्डको नटआउट ४१ रन र रोभम्यान पावेलको ३५ रन मदतमा एक सय ७९ रन बनाएको थियो । पोलार्ड र पावेलको जोडीले अन्तिम चार ओभरमा ६६ रन बनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।