ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर ...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनुभएको छ ।
महामन्त्री थापाले यही आउँदाे शुक्रवार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसङ्घको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताउनुभएको हो । उहाँले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसङ्घका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
आज मङ्गलवार नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा आज मङ्गलवार भएको भेटमा महामन्त्री थापाले नेविसङ्घभित्र देखिएको समस्या समाधान गर्ने काम त्यही सङ्गठनकाे भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाइ नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही दिनभित्रै हामी निर्णय गर्छाैँ । नेविसङ्घलाई अधिवेशनमा लिएर जाने वातावरण बनाइ दिन तपाईँहरूलाई आग्रह गर्दछु ।’
महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसङ्घभित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराउनुभयो ।
भेटमा नेविसङ्घका नेताहरूले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।