फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीकाे निर्देशन

 माघ २२, २०७८ शनिबार १७:१६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ । 

मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिनु भएको हो । कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर बि्छ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाई नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराउनु भयो ।

फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाईबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु' मन्त्री कार्कीले भन्नु भयो, 'त्यसैगरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु ।'

यस्तै उहाँले देशका सबै स्थानीय तहसम्म तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याइ देशको आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो, छरितो र प्रविधिमैत्री सेवा पुर्‍याउनेमा आफू विश्वस्त रहेकाे पनि बताउनुभयाे । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Prashat Oli

    Feb. 5, 2022, 9 p.m.

    संचार मन्त्री ज्यु नेपाल ग्रामीण क्षेत्रमा अझै सामान्य मोबाइलको टावर समेत पाउन मुस्किल छ ।कुनै ठाउँमा टावर नै छैनन् र भएका टावर मर्मत नहुँदा राम्रोसँग काम पनि गर्दैनन् । पहिला ती सबै ठाउँका टावर नयाँ थप गरी र भएका टावर मर्मत गरी राम्रोसँग टावरको व्यवस्था गर्नुहोस् । अहिलेसम्म 2G Network त राम्रोसँग छैन के 5G Network को के कुरा गर्नु त्यसैले पहिला जनतालाई अहिले भएको नेटवर्कले राम्रोसँग काम गर्ने बनाउनुहोस् अनि 5G Network को बारे कुरा गर्नुहोस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया