'बीआरआई' मा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – १९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा भारतले इङ्गल्याण्डलाई ४ विकेटले हराएको हो । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, राज बावाले ३५, हरनुर सिंहले २१ र यश धुलले १७ रनको योगदान गरे । इंग्ल्याण्डका लागि जोशु बाइडेन, जेम्स् सेल्स र थोमस स्पिनलले दुई दुई विकेट लिए । यस अघि टस जितेर व्याटिङ गरेको इंग्ल्याण्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि जेम्स् रेयूले ९५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन् । यस्तै, जेम्स् सेल्स्ले ३४, जर्ज थोमस्ले २७ तथा रिहान अहमेद र एलेक्स हर्टनले १०–१० रन बनाए । भारतका लागि राज बावाले ५ विकेट लिए भने रवि कुमारले ४ तथा कुशल तम्बेले एक विकेट लिए ।
१९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो । यस अघि सन् २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।