एन्फा महिला लिगमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) काे बारेमा पार्टीकाे दृष्टिकाेण र अडानप्रति भ्रममा नपर्न आग्रह गर्नुभएकाे छ । प्रधानमन्त्री शेरबहादुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको पत्र सार्वजनिक भएसँगै नेता श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘’प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पङ्क्ति र सबैमा अनुरोध छ ।
यस्तै नेता श्रेष्ठले पार्टी दृढ रहेकाे, यथास्थितिमा एमसीसी स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नमिल्ने बताउनुभएकाे छ । ‘’पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन, उहाँले लेख्नुभएकाे छ ।
याे अनुदान सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धि जस्तै संसदबाट पारित गराएर प्रचलित कानुनभन्दा माथि लैजान खोजिएको भन्दै चर्को विरोध भइरहेको छ । सम्झौता नेपालकै हितमा छ भन्ने प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूले समेत जनस्तरमा यसबारे प्रष्ट कुरा बुझाउन सकेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।