८ लाख मात्रा एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

 माघ २४, २०७८ सोमबार २०:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बेलायतले नेपाललाई दिने २१ लाख मात्रा कोरोनाविरुद्धको खोपमध्ये आठ लाख मात्रा आज साेमवार काठमाण्डौ आइपुगेको छ । 

कतार एअरलाइन्समार्फत आठ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिनुभएको छ । बाँकी १३ लाख मात्रा खोप छिटै आइपुग्ने पनि उहाँले बताउनुभएको छ ।

नेपाललाई खोप सहयोग गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । बेलायतले नेपाललाई कोभ्याक्स सुविधामार्फत खोप दिएको हो ।

नेपालमा खोप महत्त्वपूर्ण भएको र खोपको सकारात्मक नतिजा देखिएकाले बेलायतले नेपाललाई सहयोग गरिरहने पनि राजदूत पोलिटले बताउनुभएको छ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया