खो खो विश्वकप : नेपाली महिला टोलीको लगातार दोश्रो जीत
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ । सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो ।
चुनावको समय अपुग भएकाले चुनावको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने भएको छ । कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० दिन चाहिनेमा त्यो भन्दा कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
सरकारले तोकेको मितिअनुसार चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । समय अभाव भएकाले दिनरात चुनावको तयारी गरिने उहाँले बताउनुभयो । आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ। ७७ वटै जिल्लामा सङ्कलित नामावली अद्यावधिक गरेर आयोगले ७ सय ५३ वटै पालिकामा पठाउने छ ।
२०७४ सालको चुनावमा भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने अनुमान गरिएको छ । चुनावमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने अनुमान गरिएको आयोगले जनाएको छ । वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नसक्ने पनि आयोगले जनाएको छ ।
चुनावका बेला नेपाल आए भने मत हाल्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । आयोगले चुनावका लागि निर्देशिका, बजेट र जनशक्तिका विषयमा निर्णय गर्न बाँकी छ । यसपालि चुनावमा १२ अर्बभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।
यस्तै, चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।