पाँच वर्षे कार्यकाल नपुग्दै चुनाव गर्न लागेको भन्दै मेयरले सर्वोच्चमा दिएको निवेदन दरपिठ

 माघ २६, २०७८ बुधबार १७:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्दा आफ्नो पाँच वर्षे कार्यकाल घट्ने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्चमा दिएको निवेदन दरपिठ भएको छ ।

मेयर साहले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ र दफा ५५ अनुसार नगर प्रमुखको पदावधि पाँच वर्ष तोकेको तर सरकारले वैशाखमै चुनाव गर्दा आफ्नो कार्यकाल पूरा नहुने भन्दै पाँच वर्षे कार्यकाल निर्बाध उपभोग गर्न पाउँ भन्दै परमादेशको माग गरेर सर्वोच्चमा निवेदन दिनुभएको थियो । तर सर्वोच्चले भने स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा ४ मा अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा १ बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने उल्लेख भएको स्मरण गराउँदै निवेदन दरपिठ गरिदिएको छ ।  

सरकारले वैशाखमा चुनाव गर्नका लागि मिति तोकेको निर्णयले निवेदकले दाबी गरेजस्तो पाँच वर्षे कार्यकाल घटाउने सम्भावना नभएको भन्दै सर्वोच्चले मेयर साहको निवेदनलाई आधारहीन भनेको छ । आज बुधवारको सर्वोच्चको निर्णयसँगै २०७४ सालमा दोस्रो र तेस्रो चरणमा स्थानीय तहको चुनाव भएका पालिकाका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै भइरहेको विवाद अन्त्य भएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया