राखेपको कार्यकारी अधिकार पोखरेललाई, तत्कालका लागि समस्या समाधान

 माघ २७, २०७८ बिहीबार ७:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ ।

सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्ग्याउन नसक्दा लामो समयदेखि नेतृत्वविहीन हुन पुगेको राखेपको आर्थिक तथा प्रशासनिक अधिकार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गर्नुभएको छ ।

राखेप सदस्य सचिव सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा किनार नलाग्दा विगत २ महिनादेखि परिषद्को सम्पूर्ण कामकारबाही ठप्प भएको थियो । परिषदमा देखिएको समस्या समाधानका लागि युवा तथा खेलकुद मन्त्री गहतराजले यही माघ २४ गतेको मन्त्रिपरिषद् बैठकमा अधिकार प्रत्यायोजन सम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रस्ताव पास गर्दै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्क अध्यक्षका हैसियतमा मन्त्रीलाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को इतिहासमै पहिलो पटक सदस्य सचिवको अधिकार अन्य कर्मचारीलाई प्रत्यायोजन गरिएको हो ।

सरकारले आफूलाई बर्खास्त गरेर टङ्कलाल घिसिङलाई नियुक्त गरेको निर्णयविरुद्ध रमेश सिलवालले सर्वोच्चमा दिएको मुद्दा विचाराधीन अवस्थामा रहेकाले राखेपका कामकाज प्रभावित भएका थिए ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया