विश्व कप खेल्ने नेपालकाे सपना अपूरै, यूएईसँग ६८ रनले पराजित

 फागुन १०, २०७८ मंगलबार १८:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे । 

अल अमिरात क्रिकेट मैदानमा यूएईले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै एक सय सात रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाए पनि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् । आशिफ शेख र लाेकेश बम शून्यमै आउट भए ।

बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए । 

बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।  

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने थियाे । । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । 

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेकाे थियाे । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया