विश्वभरि झण्डै नौ प्रतिशत प्लास्टिकको मात्रै पुनः प्रयोग

 फागुन ११, २०७८ बुधबार ८:३७:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वभरि प्रयोग हुँदै आएको प्लास्टिकमध्ये झण्डै नौ प्रतिशत मात्रै पुनः प्रयोग भएको पाइएको छ । 

आर्थिक तथा विकास सहकार्य संगठन ओइसीडीले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विश्वभरि सन् २०१९ मा चार सय ६० मिलियन टन प्लास्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि प्रतिवेदनमा उल्लेख छ । 

प्रयोगमा आएकोमध्ये १९ प्रतिशत प्लास्टिक जलाउने गरेको पाइएको छ । अरु ५० प्रतिशतभन्दा धेरै प्लास्टिक माटो र पानीमा मिसिने गरेको छ । विश्वभरी प्लास्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो वर्षको तुलनामा २ दशमलव २ प्रतिशतले घटेको छ । 

अनुसन्धानकर्ताले प्लास्टिकका कारण भइरहेको प्रदूषणले निम्त्याएको चुनौती जलवायु परिवर्तन सरह रहेको निश्कर्षसहित उत्पादन तथा प्लास्टिकजन्य फोहोरको मात्रा कम गर्नका लागि बाध्यकारी सन्धि हुनुपर्नेमा जोड दिँदै आएका छन् । 


 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया