नेतृत्वले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरे पनि माओवादी कार्यकर्ता प्रदर्शनमा

 फागुन १५, २०७८ आइतबार १४:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सडकमा प्रदर्शन थालेका छन् ।

माओवादीका भातृ सङ्गठनका कार्यकर्ताले काठमाण्डौको नयाँ बानेश्वरमा एमसीसीविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । आज आइतवार बिहान मात्रै माओवादीको पूर्वस्थायी कमिटीका सदस्यहरूको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो । 

यस्तै सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पनि व्याख्यात्मक घोषणासहित आजैको संसदबाट एमसीसी अनुमोदन गर्ने सहमति भएको छ । तर माओवादीका कार्यकर्ताले भने नेतृत्वले दोहोरो कुरा गरेको र नागरिकको आँखामा छारो हाल्ने काम गरेको भन्दै सडक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । 

माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसीसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ गएकाे बिहीवारदेखि नियमित छलफल गर्दै आएका थिए । हिजाे शनिवार मात्रै अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसLसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पुर्‍याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताउनुभएको थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया