व्याख्यात्मक घाेषणासहित एमसीसी पारित गर्ने एकीकृत समाजवादीकाे निर्णय

 फागुन १५, २०७८ आइतबार १५:१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । 

आज आइतवार बसेको पार्टीको सचिवालय बैठकले व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता एमसीसी पारित गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । 

यसअघि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेका थिए । 

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार व्याख्यात्मक प्रस्तावमा राष्ट्रियताका पक्षमा विभिन्न निर्णय गरिएको छ । सर्वसम्मत हुन नसकेका कतिपय विषयप्रति केही नेताले असन्तुष्टि भने व्यक्त गर्नुभएको थियो ।

आजको प्रतिनिधि सभाकाे बैठकबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गर्ने तयारी छ । तर दिउँसाे १ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया