संसदबाट नै देशको विरुद्ध केही हुन्छ कि भनेर आमनागरिक चिन्तित छन् : खनाल

 फागुन १५, २०७८ आइतबार १५:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संसद् जस्तो महत्त्वपूर्ण थलोबाट पनि देशको विरुद्ध केही हुन्छ कि भनेर आम नागरिक चिन्तित भएको बताउनुभएको छ । 

अमेरिकी सहायता एमसीसी सम्झौताको बारेमा संसदमा भएको छलफलमा भाग लिँदै खनालले देशका नागरिकले नेपाल र यहाँको कानुनविरुद्ध नभइ सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि सडक आन्दोलन गरिरहेको र संसद्ले पनि गलत गर्छ कि भनेर चिन्तामा रहेको बताउनुभयो । यस्तो महत्त्को विषयमा संसदमा छलफल हुनुपर्नेमा कुनै दलको विरोध र अशान्त वातावरणमा छलफल थालेकोमा आपत्ति जनाउनुभयो । 

‘नागरिक देशको स्वाधीनता र सार्वभौमसत्ताको विषयमा चासो गर्दै आन्दोलनमा छन् । प्रहरीले लाठी चार्ज गरिरहेको छ । उनीहरूले देश र कानुनको विरुद्धमा आवाज बोलिरहेका होइनन्, दमनको यसको निन्दा गर्न चाहन्छु’, खनालले भन्नुभयो ।

संसदमा भइरहेकाे अवराेधलाई लिएर उहाँले भन्नुभयाे, ‘हामीले कस्तो वातावरणमा यो छलफल गरिरहेका छौँ ? सभा शान्त हुनुपर्थ्याे कि पर्दैनथ्यो ? सभामुख सभाको अब्बल नेता हो, तपाईँले सञ्चालन गरिरको अवस्था सिङ्गो नेपालले हेरिरहेको छ, आफैँले विचार गर्नुहोला ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया