एमसीसी नेपालको हितमा छ, हाम्रो समर्थन रहन्छ : महन्थ ठाकुर

 फागुन १५, २०७८ आइतबार १५:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताउनुभएको छ । 

संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन हुने आयोजनाले नेपालको विद्युत्, सडक लगायतका पूर्वाधारमा ठूलो फाइदा हुने बताउनुभयो । नेपालले विभिन्न सर्त र प्रक्रिया पूरा गरेर लिने एमसीसीको सहायता विशुद्ध नेपालको विकासमा मात्रै केन्द्रित रहेको ठाकुरको भनाइ छ । 

अमेरिकाले अहिलेसम्म नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिमा सहयोग गरिरहेको र अहिले पनि अमेरिकाले जबरजस्ती यो सहायता नदिएको भन्दै  जथाभाबी विरोध गर्न नहुने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया