अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध हुने ...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ।
नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाली टोली मार्च तीन अर्थात पर्सि बिहीवार श्रीलङ्का जानेछ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १३ तारिखमा यूएई प्रस्थान गर्नेछ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन् । नेपालले एक दिवसीय श्रृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्नेछ ।
नेपाल र पीएनजीबीचको खेल मार्च १६ तारिखमा शारजहा क्रिकेट मैदानमा हुनेछ । त्यस्तै दोस्रो खेल यूएईसँग मार्च १८ तारिखमा र तेस्रो खेल यूएईसँग मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीसँग मार्च २२ तारिखमा खेल्नेछ । लिग टु अन्तर्गत नेपालसहित यूएई, पीएनजी, ओमान, स्कटल्यान्ड, अमेरिका र नामिबिया गरी ७ टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।