आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै - शिवरात्रिका अवसरमा ट्राफिक प्रहरीले रुट व्यवस्थापन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा आवश्यक ट्राफिक व्यवस्थापन गरेको जनाएको छ ।
ट्राफिक प्रहरीले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने गाडीलाई वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ । पशुपति क्षेत्रमा आउने/जाने भक्तजन एवम् दर्शनार्थीको भिडलाई व्यवस्थापन गर्न आवतजावत तथा पार्किङको व्यवस्थान मिलाइएको छ ।
गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै ठाउँमा पार्किङ स्थल तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा भिड बढेमा यी रुटमा भक्तजन बाहेकका गाडीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताउनुभयो । गौशाला क्षेत्र हुँदै चक्रपथमा चल्ने गाडीलाई मित्रपार्क–गौशाला–तिलगङ्गा क्षेत्रमा प्रवेश निषेध गरी वैकल्पिक व्यवस्था मिलाइनेछ।
ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने गाडीलाई वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्तै तीनकुनेबाट सिनामङ्गल तिलगङ्गातर्फ, चाबहिलबाट गौशालातर्फ र वाग्मती करिडोरबाट गौरिघाट र तिलगङ्गा क्षेत्र भइ चल्ने मालवाहक गाडीलाई निषेध गरी डाइभर्सन गरिएको छ ।
सिफल चौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगङ्गाको पार्किङ्ग र तिलगङ्गा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पासवाहक गाडी, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी गाडी र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका गाडी पार्किङ गर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन झण्डै नौ सय ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।