एमसीसीमा व्याख्यात्मक घोषणा हाम्रो पार्टीको अडानको उपलब्धि हो : अध्यक्ष नेपाल

 फागुन १७, २०७८ मंगलबार १४:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताउनुभएको छ । 

एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ताे बताउनुभएकाे हाे । अध्यक्ष नेपालले भन्नुभयाे, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियाे । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हाे ।’ 

व्याख्यात्मक घोषणा आफ्नो पार्टीले लिएको अडानको सफलता भएको भन्दै उहाँले अब एमसीसीबाट सम्भावित खतरा टरेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया