जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन पदयात्रामा हिँडेकाे महिला टाेली नाम्चे पुग्याे

 फागुन १८, २०७८ बुधबार ८:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको महिला टोली सोलुखुम्बुको नाम्चे पुगेको छ । 

यस वर्षको मार्च ८ अर्थात् आउँदो २४ गते परेको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन् ।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाले संयुक्तरूपमा पदयात्रा गरी कालापत्थरमा पुगेर विशेष कार्यक्रम गर्ने आयोजक संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले बताउनुभयो । 

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभाव र त्यसमा न्याय खोज्नका लागि गर्नुपर्ने पहलका बारेमा बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझावसमेत समेटिएको महिला घोषणापत्र जारी गर्ने अध्यक्ष कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया