‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ ।
विदेश मन्त्री एन्टोनीले ट्वीट मार्फत आफू र नेपालका प्रधानमन्त्री देउवाबीच कुराकानी भएको जानकारी गराउनुभएको छ । उहाँहरुबीच हिजो बेलुकी कुराकानी भएको हो । एन्टोनीले ट्वीटमा रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति आफूहरुको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुराकानी भएको भन्दै आफूहरु आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्ने उल्लेख छ ।
Good call today with Nepal’s Prime Minister @SherBDeuba to discuss Russia’s unprovoked attack and our support for Ukraine's sovereignty and territorial integrity. We will continue to work closely together on economic development and regional challenges.
— Secretary Antony Blinken (@SecBlinken) March 1, 2022
यसैबीच राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट भोट हालेको छ । जेनेभामा भएको परिषदको बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
परिषद सदस्य रहेको रूसका प्रतिनिधिले यस्तो छलफल जरूरी नरहेको बताउपछि प्रस्तावमाथि मतदान भएको हो । मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनु पर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रस्तावको पक्षमा २९ र विपक्षमा पाँच भोट पर्यो भने १३ देश अनुपस्थित रह्यो । चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान् गर्यो भने भारत मतदानमा सहभागी भएन ।
बहुमतले पारित भएको प्रस्तावमाथि बिहिबारदेखि छलफल शुरु हुनेछ । रूसले युक्रेनमाथि आक्रमण गरेकै दिन नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर रूसी कदम संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको बताइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।