संसदमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस, अर्काे बैठक आइतवार बस्ने

 फागुन १८, २०७८ बुधबार १३:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाकाे बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस भएकाे छ । आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्नुभएकाे हाे ।  

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएसँगै आजकाे बैठक स्थगित भएकाे छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक पाँच मिनेट बसेर स्थगित भएको हो । आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध कायम राखेकाे छ ।

गएकाे आइतवार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो पटक संसद् बैठक बसेकाे हाे । 

 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया