लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डौको नयाँ बजारमा रहेको समृद्ध फार्मेसीमा लुटपाट गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।
गएको १२ गते प्रहरी हौँ, अनुगमन गर्न आएको भन्दै फार्मेसीमा छिरेको समूह काउण्टरबाट नगद, मोबाइल तथा घडी लुटपाट गरी भागेको थियो । पक्राउ पर्नेहरुमा एक जना प्रहरी र एक जना पूर्व प्रहरी समेत रहेका छन् ।
सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत प्रहरी जवान सुवास रतोकीसहित आठ जना पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।
यस्तै पूर्व प्रहरी देवीप्रसाद धिताल, धादिङ घर भएका शङ्कर रेग्मी, डडेलधुरा घर भएका हिक्मत महता, कञ्चनपुर घर भएका मिलन बोहरा, पाँचथर घर भएका भविन्द्र बेगा, दैलेखका योगेन्द्रबहादुर चन्द र प्युठानका कमल सुनार रहेका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।