लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नको लागि काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्धहरु हटाइएको छ ।
कोरोनाको तेस्रो महामारी सुरु भएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न प्रतिबन्धहरु लगाएका थिए । प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै लगेका जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि लागू हुने गरी सबै प्रतिबन्ध हटाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै सूचना निकालेर आजदेखि सबै प्रतिबन्धहरु हटाइएको जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले यसअघि आम सभा जुलुस भेला र मेलाबाहेकका कार्यमा खुकुलो बनाएका थिए ।
यस्तै सपिङ मल, डिमार्टमेन्टल स्टोर आदि ठाउँमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्याे । यस्तै डान्सबार, दोहोरी, नाचघर, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइन्थ्यो । अब भने कोरोनाका कारण गरिएका सबै प्रतिबन्धहरु पूर्णरुपमा हटाइएको जिल्ला प्रशासन कार्यालयहरुले निकालेको सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।