च्याम्पियन्स लिगमा आज राति ९ वटा खेल हुँदै
माघ ८, २०८१ मंगलबार
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नको समयमै रिपोर्टिङ गर्न नसकेको प्रति आत्मालोचना गर्नुभएको छ । सदनमा उठेका कुरामा गृहमन्त्रालयले समयमै रिपोर्टिङ गर्न खोजेको भए पनि विभिन्न कारणले नसकेको भन्दै उहाँले आत्मालोचना गर्नु भएको हो ।
राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सदनमा उठेका जिज्ञासाको जवाफ विभिन्न कारणले समयमै दिन नसकेकोमा कमजोरिको रुपमा लिने हो भने म आत्मालोचना गर्न चाहन्छु, उहाँले भन्नुभयो ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणमा गृहमन्त्रालय गम्भीर रहेको र अनुसन्धानलाई पनि गम्भीर रुपमा अगाडि बढाइरहेको बताउनुभयो । छिट्टै नै अपराधिलाई कानुनी कठघरामा ल्याइने प्रष्ट पार्दै उहाँले उच्चस्तरीय छानविन आयोगले गम्भीर भएर काम गरिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Lal bahadur
Sept. 14, 2018, 7:24 p.m.सर्बप्रथम नेपालीहरु मा नमस्कर म साउदी अरब बाट यदि नेपालका मन्त्री पुलिस प्रशासनले ढाकछोप नगरेको भए किन अहिलेसम्म पीडित ले न्याय पाउन सकेको छैन ? निर्मलाको हत्याकाण्डमा अनि सुन तस्करीको कुरामा पनि जबाफ चाइन्छ नेपाल प्रहरी ले सक्दैन भने सबैलाई जागीर निकाल्नु पर्छ, किन हाम्रो करको पैसा खान दिनु ? के नेपाल मा राम्रो जनशक्ति छैनन् र नभए हामी अरबबाट फर्किन्छौ/