देश र जनताको हितका लागि भए पनि आगामी चुनावमा एमालेले जित्नैपर्छ : गाेकर्ण विष्ट

 फागुन २१, २०७८ शनिबार १८:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताउनु भएको छ ।

सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँले दाबी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताउनु भयो ।

‘देश र जनताको हितका लागि पनि आगामी चुनावमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ' सचिव विष्टले भन्नु भयो, 'नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । देशको भाग्य र भविष्यको निम्ति पनि यो चुनाव एमालेले जित्न जरुरी छ ।’

सचिव विष्टले आगामी चुनावमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Tularam bhusal

    March 8, 2022, 6:04 p.m.

    जब देशमा चूनावी माहोल बन्छ तब नेताहरुलाई दिउसै सपना देख्ने बानी परेको हुन्छ जनता माथी झुटो आशा देखायर कसरी आफैले जित्नै पर्छ र गाउका सिधा साधा जनता हरूपनी जिताउन आफ्नो अमूल्य भोट खेर फालेर जिताउन त जिताउछन तर जब जितेर बिजय जूलूस मनाउन गाउ फर्कियका नेता त्यस पछि गाउ फर्किदैनन बरु सहर तिरै हराऊछन हो गूल्मी को मदाने गाउ पालीकाको हालत पनि यस्तै छ मेरो गाउ जब भोट पाउन को लागी एमालेको पहिलो नारा थियो एक घर एक धारा तर त्यो एक घर एक धारा त गाउमा त पुगेछ तर मेरै घर छूटेछ नी बरै जब म लामो समय पछि गाउ फर्किय तब आमाको गूनासो सूने बाबु हामी गरिब लाई कसले हेर्छ र अझ त्यसै माथी सानो एउटा झुपडी घर गाउका नेताले तेरो यो झूपडि नै देखेनन रे भोट त हामी पनि दियका थियौ तर एक घर एक धारा मा तेरो घर नै परेन रे भन्दा संझिय म ती मेरी बुढि भयकि आमाको हाथले दियको अमूल्य भोट

  •  0 Reply

तपाईको प्रतिक्रिया