महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

 फागुन २२, २०७८ आइतबार १४:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

कार्यव्यवस्था परामर्श समितिकाे बैठक

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरूबीच सहमति भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज आइतवार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा महाअभियाेग प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो । 

यससम्बन्धी विषय आजको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा राखिने जनाइएको छ । प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते महाअभियाेग प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधि सभा नियमावाली २०७५ को नियम १६२ बमोजिम सिफारिस समिति गठनको व्यवस्था छ । 

यसैबीच आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकका कारण सुरु हुन ढिलाइ भएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया