महाअभियोग सिफारिस समिति गठन, एमालेका सांसद पनि समेटिए

 फागुन २२, २०७८ आइतबार १४:१२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ ।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारकाे बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् ।

समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । महाअभियोग सिफारिस समिति गठन गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले पारित पनि गरेको छ । 

यस्ताे छ महाअभियाेग सिफारिस समिति–

एमाले

१. विष्णु पौडेल २. लालबाबु पण्डित ३. शिवमाया तुम्बाहाम्फे ४. कृष्णभक्त पोखरेल

कांग्रेस

५. मीनबहादुर विक ६. रामबहादुर विष्ट

माओवादी

७. यशाेदा सुवेदी ८. रेखा शर्मा

नेकपा एस

९. कल्याणी खड्का

लोसपा

१०. एकवाल मियाँ

जसपा

११. प्रमोद साह

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया