‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अर्ली इलेक्शनको कुरा कुनै एजेन्डा वा प्रस्तावको रूपमा नआएको बताउनुभएकाे छ । आज आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडूले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘संसद् नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको बेला स्वाभाविक रूपमा यो एजेन्डा उठेको हो कि भन्ने लाग्छ । अर्ली इलेक्शनको कुरा मलाई लाग्छ कुनै एजेन्डा, प्रस्तावको रूपमा आएको पनि होइन । परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो ।’
यस्तै मन्त्री बडूले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभएको छ । संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने उहाँले बताउनुभएको हो । संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले त्याे आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताउनुभयो । सर्वोच्च अदालतले पनि संसद् पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उहाँले स्मरण गराउनुभयो ।
उहाँले भन्नुभयो – ‘दश, पन्ध्र मिनेट संसद् चलाएर बन्द गर्नुपर्ने अवस्था हो भने यसको प्रयोजन रहँदैन भन्ने प्रश्न जनताबाट पनि उठ्न सक्छ । त्यस कारण जनताप्रति जवाफदेही बनाउने ढङ्गले यसलाई सक्दाे चलायमान गर्नुपर्छ । त्यस कारण हामीले एमालेलाई आग्रह गरिरहेका छौँ र मलाई लाग्छ उसले पनि हाम्राे आग्रहलाई गम्भीरतापूर्वक लिएकाे छ । अब संसद् सञ्चालन हुन्छ, त्यस्तो अवस्था हो भने त संसद् पूर्णकालसम्म जानुपर्छ । सर्वोच्च अदालतको व्याख्या पनि संसद पूर्णकाल जानुपर्छ भन्ने छ नि त ।’
मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।