उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
सुर्खेत – कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको प्रहरीको कुटपिटबाट ज्यान गएकाे भन्दै मृतकका परिवारले प्रहरीमा जाहेरी दिएका छन् । मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह थामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिनुभएकाे हाे ।
अस्ति शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरकाे सुब्बाकुना प्रहरी चेकपोस्टमा असई धामीले मापसे गरेको भन्दै हमाललाई कुटपिट गरेको र कुटपिटका कारण ज्यान गएकाे आफन्तको आरोप छ । हमालको हिजाे शनिवार बिहान ज्यान गएकाे थियो । कुटपिटपछि बेहोस भएका हमाललाई वीरेन्द्रनगरमा रहेकाे सुर्खेत अस्पतालमा उपचारका लागि लगिएकाे र अस्पतालले प्रशासनले अस्पताल आउनुअघि नै ज्यान गएकाे जानकारी दिएको थियो ।
असई हमालविरुद्ध दर्ता गरिएको जाहेरीमा प्रहरीको कुटाइबाट मृतक हमालको शरीरको संवेदनशील भागहरू– घाँटी, छाती र कोखालगायका विभिन्न भागमा चोटपटक लागेर ज्यन गएकाे भन्दै असई धामीलाई कारबाही गर्न माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले असई धामीलाई पक्राउ गरेर अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले पनि घटनाको छानबिनका लागि समिति बनाएर काम सुरु गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।