‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - नेपाली कांग्रेसको पछिल्लो पटक अधिवेशन भइरहेका १६ जिल्लामध्ये आठ जिल्लाको सभापति चयन भएका छन् ।
निर्वाचित ८ मध्ये चार जिल्लामा संस्थापन समूह र चार जिल्लामा शेखर कोइराला समूहका छन् । चितवन, सिन्धुली, बाँके र नवलपुरमा शेखर कोइराला समूहका उम्मेदवार विजयी भएका हुन् ।
चितवनमा राजेश्वर खनाल, सिन्धुलीमा उपेन्द्र पोखरेल, बाँकेमा नारायण गौडेल र नवलपरासीमा महेन्द्रध्वज जीसी विजयी भएका छन् । यस्तै संस्थापन समूहबाट कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा, पर्सामा जनार्दनसिंह क्षेत्री र महोत्तरीमा नागेश्वर यादव विजयी भएका हुुन् ।
कांग्रेसको १४औँ महाधिवेशनअघि नै जिल्ला अधिवेशन हुनुपर्नेमा १६ जिल्लाको हुनसकेको थिएन । अब सिरहा, सप्तरी, धनुषा, अछाम, रौतहट, बारा, सर्लाही र सिन्धुपाल्चोकमा अध्यक्ष चयन बाँकी छ । अहिलेसम्म ६९ जिल्लाको अधिवेशन सकिँदा ३७ जिल्लामा संस्थापन र ३२ जिल्लामा शेखर पक्षका सभापति चयन भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।