ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गयाे

 फागुन २३, २०७८ सोमबार १२:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरमा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

ललितपुरको कोञ्ज्याेसोम गाउँपालिका-४ नल्लुका काइँली स्याङ्तानको परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का एक जना भने बेहोस अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उपचारका लागि उनलाई अस्पताल लगिएकाे छ । 

उनीहरु आज बिहान बेहोस भएको अवस्थामा भेटिएका थिए । प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता सिद्धिविक्रम शाहकाअनुसार बिहान अबेरसम्म उनीहरु नउठेपछि छिमेकी घरमा हेर्न गएका थिए । तर, उनीहरु बेहाेस अवस्थामा रहेको देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । 

घटना के कारणले भयो भन्नेबारे केही खुलेको छैन । अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया