नेष्डो लघुवित्तको आईपीओ बाँडफाँट, २४ लाख ४९ हजार जनाको हात खाली

 फागुन २४, २०७८ मंगलबार १४:३२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो । आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय १ जनामध्ये गोलाप्रथाबाट शेयर बाँडफाँट गर्दा ७७ हजार चार सय ५६ जनालाई १० कित्ताको दरले र तीन जनाले थप ११ कित्ताको दरले शेयर परेको छ । 

आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६ सय ४५ जनालाई आईपीओ परेन । यस्तै चार हजार एक सय १६ जनाको आवेदन रद्द भएको छ । 

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया