लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहर व्यवस्थापनका क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज शुक्रवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उहाँले फोहरबाट स्थानीय तहमा पर्ने प्रभाव न्यूनीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको पनि जानकारी गराउनुभयो ।
मन्त्रिपरिषद्को बैठकले फोहर विसर्जनबाट पर्ने प्रभाव रोक्न स्थानीय जनप्रतिनिधि सहभागी भएको उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । साथै कुनै समस्या आएमा समाधानका लागि ‘र्यापिड रेस्पोन्स’ टोली बनाउने पनि निर्णय भएको छ ।
यस्तै नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी सुर्खेतलाई नियुक्त गर्ने निर्णय भएको छ । बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८ स्वीकृत गर्ने, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका २०७८ स्वीकृत गर्ने, औद्योगिक व्यवसाय नियमावली २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।